लगानीका लागि आकर्षक बन्यो माछापुच्छ्रे बैंक

साउन २२, काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब बढी नाफा कमाएर नयाँ रेकर्ड राखेको छ । यो बैंकले यो अवधिमा १ अर्ब ३० करोड बढी नाफा गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ८९ करोड ८२ लाखमा सीमित थियो । यो बैंकले हालसम्मका कुनै पनि आर्थिक वर्षमा खूद नाफा १ अर्ब पुर्याएको थिएन ।

व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । जस अनुसार अघिल्लो वर्ष १ अर्ब ८५ करोड रहेको त्यस्तो आम्दानी बढाएर यो वर्ष २ अर्ब ३२ करोडको उचाईमा पुर्याइएको छ । बैंकले यो अवधिमा १ अर्ब ७८ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा १ अर्ब २५ करोड मात्र थियो ।

बैंकले यो अवधिमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरी ५१ अर्ब ८६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५२ अर्ब २९ करोड निक्षेप संकलन गरी ४४ अर्ब २३ करोड कर्जा परिचालन गरेको थियो । बैंकको रिजर्ब कोष करिब चार गुणाले बढाएको छ । अघिल्लो वर्षसम्म ६७ करोड ३७ लाख रुपैयाँ रहेको यो कोषमा हाल २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष ०.५५ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर बैंकले ०.३७ प्रतिशतको अनुपातमा झारेको छ भने कस्ट अफ फण्ड भने बढेको छ । अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ४.८२ प्रतिशत पुुगेको हो । यो अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी(इपीएस) २३.९८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३६.४४ रुपैयाँ, प्रति सेयर खूद सम्पत्तिको मूल्य ३६० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.०२ गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी २३.०८ थियो । ४ अर्ब ६६ करोड चुक्तापूँजी वृद्धि भई ६ अर्ब ५९ करोड पुुग्दा समेत प्रतिसेयर आम्दानी बढाएर यो बैंकले लगानीका लागि आफूलाई आकर्षक बनाउने सफलता पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *