नुवाकोट र रसुवालाई जोड्ने झोलुंगे पुल बाढीले बगायो

“रसुवा, साउन २१ । नुवाकोट र रसुवालाई जोड्ने झोलुंगे पुल बाढीले बगाएको छ । दुई जिल्लालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गएरातीको बाढीले बगाएकोे हो । फलाँखु खोलामा आएको बाढीले पुलको नुवाकोटपटिको भाग बगाएको हो ।

बिदुर नगरपालिका वडा नम्वर १० को पुलको एकापटिको जीप नै बगाएपछि खोला बस्तीमा पस्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताउनुभयो । फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको हो । पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोडिएका घरहरु समेत भत्काउन सक्ने स्थानीयले बताएका छन् ।

पुल बगाएपछि खोलाको बहाव नुवाकोट पटि बढी आएकोले बस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो । ७० वर्षभन्दा पुरानो यो पुल पक्की पुल बनेसँगै पछिल्लो केही दशकदेखि प्रयोगविहीन अवस्थामा थियो । तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नुपर्छ भन्दै केही वर्षअघि पुल मर्मत गरिएको थियो । यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *