जग्गा प्लटिङका लागि कुन कुन कम्पनीले अनुमति लिए ? हेर्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७३÷७४ मा १५ वटा कम्पनीले मात्रै जग्गा विकास(प्लटिङ)को अनुमति लिएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कमा २०७३÷७४ मा १५ वटा कम्पनीले गरि ५८९ वटा घडेरी विकासको अनुमति पाएका छन् । ती कम्पनीले साढे तीन सय रोपनी क्षेत्रफलमा ५ सय ८९ वटा घडेरी विकास गरिएको हो । सरकारले जग्गा विकास गर्न २० फूटको बाटो बनाउनुपर्ने ३० प्रतिशत खुल्ला क्षेत्र छोड्नुपर्ने लगायतका प्रावधान ल्याएपछि कतिपय ठाउँमा प्लटिङ गर्न सुरु गरेपनि नयाँ मापदण्डका कारण पूरा गर्न सकेका छैनन्।

अघिल्लो आर्थिक वर्षमा दुई वटा कम्पनीले मात्रै जग्गा विकासको अनुमति लिएका थिए।

अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीले समेत दुर्इ वटा कम्पनीले मात्रै जग्गा विकासको अनुमति लिएका हुन् । सात कम्पनीले सामुहिक आवास(हाउजिङ) बनाउने अनुमति लिएकोमा संयुक्त आवास(अपार्टमेन्ट)को लागि कुनै पनि व्यावसायीले अनुमति लिएका थिएनन्। गतवर्ष भने सामुहिक आवासको लागि पनि कुनै कम्पनीले अनुमति नलिएको प्राधिकरणको तथ्याङक छ।

गत वर्ष सबै भन्दा धेरै कागेश्वरी मनोहरा क्षेत्रमा जग्गा प्लटिङ गरिएको छ । यो क्षेत्रमा चार वटा कम्पनीले २ सय २ वटा घडेरी विकास गर्ने अनुमति लिएका छन् । त्यसैगरी गोकर्णेश्वर क्षेत्रमा पनि दुई वटा कम्पनीले १६२ वटा घडेरी विकास गर्ने अनुमति पाएका छन् । चन्द्रागिरि क्षेत्रमा दुई वटा कम्पनीले १११ वटा घडेरी विकास गर्ने अनुमति लिएका छन्। बुढानिलकण्ठ क्षेत्रमा पनि तीन वटा कम्पनीले ६३ वटा घडेरी विकास गर्ने अनुमति लिएका छन् ।

काठमाडौं महानगरपालिकाभित्र दुई वटा कम्पनीले १८ वटा घडेरी विकास गर्ने अनुमति लिएका छन् । त्यसैगरि तारकेश्वरमा १३ र टोखामा २० वटा घडेरी विकास गर्न एक÷एक कम्पनीले पनि अनुमति लिएका छन् । प्राधिकरणबाट यो वर्ष कार्यालय भवन निर्माणको लागि र बृद्धाश्रम निर्माणको लागि पनि एक÷एक कम्पनीले अनुमति लिएका छन्। बिजमाण्डुबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *