रसिया–अमेरिका सम्बन्ध खतरनाक मोडमा : क्रेमलिन

मस्को, साउन २० । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध निकै संकटोन्मुख अवस्थामा पुगेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (आज) बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको जनाएका थिए । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताएका थिए ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सन्चारकर्मीसँग भने, ‘हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक देखिन पुगेको छ ।’

दुवै मुलुक र जनताबीच पारस्पारिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो ।

संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ’ग्राण्ड जुरी’ गठन गरेको चर्चा विभिन्न सन्चारमाध्यममा आएको थियो ।

अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेका छन् ।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानविनको दायरामा ल्याउने तयारी गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएपनि अमेरिकी केन्द्रिय गुप्तचर निकाय (एफबिआई) लगायतका बिभिन्न एक दर्जनभन्दा बढी संस्थाले निर्वाचनमा रसियाली हस्तक्षेप रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *