राजपा चुनावमा जाने प्रधानमन्त्री देउवाको विश्वास

काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताउनुभयो ।

नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको पनि उहाँले बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको आरोप लगाउनुभयो ।

उहाँले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गर्नुभयो । निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *