निर्वाचनपछि मात्रै संसोधनका बिषयमा छलफल: महासचिव पोखरेल

सिमरा, साउन २० । नेकपा एमाले तेश्रो चरणको निर्वाचनपछि संबिधान संसोधनका बिषयमा छलफल गर्न तयार देखिएको छ । प्रदेश नम्बर २ को १ सय२७ स्थानीय तहमा हुने तेश्रो चरणको निर्वाचनपछि संबिधान संसोधनको मोडलमा छलफल गर्न एमाले तयार रहेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । एमाले प्रचार बिभाग बाराले आज बाराको सिमरामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

संबिधान कार्यान्वयनबिना देशले निकास नपाउने भन्दै महासचिव पोखरेलले मुलुकलाई स्थायित्व दिन पनि संबिधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । फरक प्रशंगमा महासचिव पोखरेलले संगठित योजनाका साथ तेश्रो चरणको निर्वाचनमा होमिएको एमाले प्रदेश नम्बर २ मापनि पहिलो पार्टीनै बन्ने दाबी गर्नुभयो । उहाले नेकपा एमाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *