सुर्खेत पञ्पुरी स्वास्थ्य केन्द्रका कर्मचारी आन्दोलित


“
सुर्खेत, साउन २० । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरु आन्दोलित बनेका छन् ।आज बसेको कर्मचारीहरुको बैठकले कामअनुसारको पारिश्रमीक बढाउन माग गर्दै भोली १२ गतेदेखि इमेरजेन्सी सेवा पुर्ण रुपले बन्द गर्ने निर्णय गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटले अहिलेसम्म कम पारिश्रमिकमा इमेरजेन्सी तथा रात्री सेवा गराएको भन्दै पारिश्रमिक बढाउन माग गरेका छन् ।उनीहरुले कर्मचारी दरबन्धी सिमित भएको, दैनिक सेवा लिन आउने विरामीहरुको चाप बढेको भन्दै अफिस सेवामा रहेका कर्मचारीहरुलाई कामको चाप बढि भएकाले पारिश्रमिक बढाउनुपर्ने बताएका छन् ।
स्वास्थ्य केन्द्र स्तरमा २४ घण्टा प्रसुती सेवा मात्र अनिवार्य रहेको र अन्य सेवा इमेरजेन्सी गर्नको लागि छुट्टै रकमको व्यवस्था नभएको उनीहरुको भनाई छ ।आफुहरुका माग स्वास्थ्य सेवा व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरुसँग जानकारी बनाएपनि कुनै वास्था नगरिएकाले आफुहरु आन्दोलनमा उत्रिएको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर सन्दिप महतले बताउनुभयो ।
“
