डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकियो

डडेल्धुरा, साउन २० । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ । विशेष गरेर साउन महिना अन्तीम सम्म डडेल्धुरामा रोपाई सकिने समय भएपनि यो वर्ष भने साउन दास्रो साता भित्रै सम्पुर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

कृषकहरु वर्षातको सुरुवातसंगै रोपाइँमा लागेकाले यो वर्ष आगाडी नै रोपाइँ सकिएको कृषकहरुको भनाई रहेको छ । साउन १५ देखि २० सम्म पनि रोपाइँ हुने गर्दथ्यो तर यो वर्ष समयमा नै मनसुन सुरुभएकाले चाडै नै रोपाइँ सकिएको नर्वदुर्गा गाउँपालिका कि शान्ती तिरुवाले जानकारी दिनुभयो । किसानहरु रोपाइँको काम सकेर अहिले आफ्नौ दैनिकी काममा व्यस्त छन् ।

उपयुक्त खेती जग्गा गरि धान लगाउने कुल ६ हजार २ सय ३६ हेक्टर क्षेत्रफल मध्ये असार मसान्त सम्ममा ६ हजार ४९ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ भईसकेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *