अाज हलिवुड र बलिवुडको प्रतिस्पर्धा, नेपाली चलचित्र रिलिज भएन

साउन २०, मकालु खबर । शुक्रबार नेपाली सिनेमा घरहरुमा एक हिन्दी र एक अंग्रेजी चलचित्र मात्रै रिलिज भएको छ । नयाँ नेपाली चलचित्र नआएकाले गएको साता रिलिज भएको ‘प्रेम गीत २’ ले राहत पाउने भएको छ ।

इम्तियाज अलीको लेखन र निर्देशन रहेको ‘जब ह्यारी मेट सेजल’ मा बलिवुडका किंग खान भनेर चिनिने शाहरुख खान र अनुष्का शर्माको अनस्क्रिन रोमान्स रहेको छ ।

चलचित्र ह्यारीको भूमिकामा रहेका शाहरुख र सेजलको भूमिकामा रहेकी अनुष्काबिचको प्रेमकथामा आधारित छ । सेजलको इन्गेज्मेन्टको औंठी खोज्ने क्रममा ह्यारीले प्रेम र सम्बन्धको बारेमा धेरै कुरा थाहा पाउँछ ।

चलचित्रका ‘हवाएँ’, ‘फुर’ तथा ‘सफर’ जस्ता गीतहरु निकै चर्चित भएका छन् । ‘हवाएँ’ त रिलिज भएको २४ घण्टामा सर्वाधिक हेरिने गीत बन्न सफल भएको थियो ।

त्यस्तै, शुक्रबार नै प्रदर्शनमा आएको निकोलाज आर्सेलले निर्देशन गरेको हलिवुड चलचित्र ‘द डार्क टावर’ ‘साइन्स फिक्सन’ विधाको चलचित्र हो । चलचित्र स्टेफन किंगको बेस्टसेलिङ उपन्यासहरुमा आधारित छ भने इद्रिस अल्बा र म्याथ्यु म्याक कोनाउघे मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *