मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक हुने

काठमाडौं, साउन २० । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्न बोर्ड बैठक केही बेरमा सुरु हुनेछ । गत बैशाख तेस्रो सातादेखि भएको परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।

प्रतिकृयाहरु
Loading...