हाँस्दै अस्पताल गएकी मेरी आमालाई मारियो (भिडियोसहित)

काठमाडौँ, साउन १९ । चाबहिलस्थित ओम हस्पिटलमा हिजो बेलुकी ८ बजे उपचारका क्रममा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु कसरी भयो ? रहस्य अझै खुलेको छैन । मृतकको शव अस्पतालबाट बाहिर निकालिएको छैन । उपचारमा संलग्न चिकित्सकहरु को को थिए, यसबारे अस्पतालले केही मुख खोलेको छैन । मकालु खबर प्रतिनिधि यस घटनाबारे बुझ्न हस्पिटलमा पुग्दा डा. कमल कोइरालासहितको केही टोली प्रशासन कार्यलयको कोठाभित्र लन्च गरिरहेका थिए ।

मेरो द्वोष छैन ?
आफू यो हस्पिटलमा काम गर्न थालेको दुई दशक हुन लागेको बताउँदै डा. कोइरालाले पित्त थैलीको उपचारका क्रममा हार्टअट्याक भएर मृत्यु भएको बताए । ‘उहाँ (मृतक नन्दकुमारी) को म ग्राहक पनि हो । सधैँ उहाँकै तरकारी पसलमा गएर तरकारी किन्थे । हाम्रो चिनजान भएको धेरै वर्ष भयो ।’डा. कोइराला भन्छन्,–‘ उहाँलाई हामीले एक वर्ष अघि नै स्वास्थ्य अवस्था चेक जाँच गर्न सल्लाह दिएका हौँ ।

उहाँ समयमै आउनुपनि भएको हो । अस्पतालमा आउनुअघि मेडिकेयरमा चेकजाँच गरेको बताउनु भएको थियो । मेरो उहाँको दुइजना छोरीहरुसँग पनि चिनजान छ ।’ दायाँपट्टि बसेका मृतक लामिछानेका भाइ (नाता पर्ने) लक्ष्मण सापकोटातर्फ औला देखाउँदै उहाँसँग चाहिँ भर्खंरै चिनजान भएको छ । मेरो कुनै द्वोष छैन । मैले आफ्नो सर्जिरीको जिम्मेवारी पूर्णं रूपमा सम्हालेको हुँ । त्यसपछि अप्रेसनको कामहरू अरू चिकित्सक टोलीको जिम्मा थियो । बाँकी काम उहाँहरूले गर्नुभएको हो । त्यसबारे उहाँहरूलाई सोध्नुहोला ।’ सास नरोकी उनले भने ।

चिकित्सकलाई रातारात भगाइयो
मृतकका भाइ पर्ने लक्ष्मण सापकोटाले ती अप्रेसन टोलीका चिकित्सकहरु को को थिए भन्नेबारे हिजोदेखि बारम्बार अस्पताललाई जानकारी गराउँदा उल्टै सुरक्षाकर्मी लगाएर आफूहरुलाई लछारपछार गरेको र ती चिकित्सकहरुलाई रातारात भगाइएको बताए । ‘हामीले अरू केही जान्न खोजेका छैनौ । पित्त थैलीको समस्या भएको बिरामीलाई एक्कासि हार्टअट्याक भन्दै आइसीयुमा लगियो र स्वास्थ्य नर्मल भएको जानकारी गराइयो । तर, हार्टअट्याक भएसँगै मृतकको शवलाई बिरामी सध्ये छ भनेर किन भनियो ? हामीले अरू केही खोजेका छैनाँै, बिरामीलाई लठ्ठयाउने सुई लगाउँने डाक्टर, अप्रेसन गर्ने र अन्य को को चिकित्सहरु हुन् भनेर जवाफ माग्दा यसलाई घोक्र्याएर बाहिर निकाल भन्दै सुरक्षाकर्मी लगाइयो ।’

‘हामीलाई साढे सात बजेतिर चिकित्सकहरुले बिरामीलाई सन्चो छ तपाईहरुले यो औषधि लिएर आउनुहोस् भन्दै औषधिको नाम लिस्ट दिए । औषधि पसलबाट २० हजारको औषधि किनेर ल्याएर उनीहरूलाई बुझायौँ । यससँगै औषधि पसलबाट चिकित्सकलाई औषधि ल्याएर दिएको केही समयभित्र बिरामीलाई हार्टअट्याक भएको खबर गराइयो । तर, उनको मृत्यु भइसकेको रहेछ ।’सापकोटाले भने,‘पछि उहाँहरूको दुई छोरीलाई सुटुक्क बोलाएर दुई मिनेट जति कोठामा थुने । त्यसपछि हामीलाई शङ्का लाग्यो । त्यसपछि म कोठाभित्र छिर्न खोज्दा सुरक्षा बल लगाएर लछारपछार गरियो ।’

अहिले अस्पतालभित्र को को छन् ?

ओम हस्पिटल फाउण्डेसनका अध्यक्ष भोला रिजाल कहाँ छन् भन्नेबारे सोधपुछ गर्दा उनी आइनसकेको सुरक्षाकर्मीले बताए । लन्चपश्चात् अस्पतालको प्रशासन शाखाभित्र ओम हस्पिटलका निर्देशक जागेश्वर गौतम,डा. कोइरालासहितका टोलीहरु यो घटनाबारे के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक जना सुरक्षाकर्मीले बताए । यसबारे फेरि थप जान्न भित्र जान खोज्दा सुरक्षाकर्मीले जान नमिल्ने बताउँदै सचेत गराए । आज बेलुकीसम्म यो घटनाबारे छानबिन हुनसक्ने उनले बताए । अस्पतालको प्राङगडभर अन्य सर्वसाधारणहरुको भीड छ । स्वास्थ्य उपचार बन्द जस्तै छ । सुरक्षाकर्मीहरु तैनाथ खटिएका छन् । भोला रिजाललाई यसबारे सोधपुछ गर्न फोनसम्पर्क गर्दा उपलब्ध हुन सकेन ।                                                 

द्वोषी को ?

तपाईहरु द्वोषी हो कि होइन ? भनेर डा. कोइरालासँग प्रश्न गर्दा त्यो आफूलाई थाहा नभएको बताए । ‘मैले आफ्नो काम पूरा गरेको नै हुँ । बाँकी काम अरूले नै गर्नुभएको हो । ‘टिमवाइज’ नै बिरामीको स्वास्थ्य जाँच गरेका हौँ ।’ केही दिनअघि पनि एक जना महिलाले ज्यान गुमाउनुपरेको प्रसङ्गमा उनले यो घट्ना चाहेर नघटाइएको बताए ।

त्यसो भए कालै आएर मृतकको मृत्यु भएको हो ? प्रश्नको जवाफमा उनले भने,‘त्यस्तो होइन । हामीले बचाउन सक्दो प्रयास गरेका नै हौ ।’

हाँस्दै अस्पताल गएकी आमा फर्किएनन्
मृतक लामिछानेकी जेठी छोरी सुचित्रालाई भेट्दा आँखाबाट आँसु बगिनै रहेको थियो । रोकिएको थिएन । नजिकै बसेकी सरिताको पनि हालत उहिँ थियो । नजिकै बसेकाहरु नातेदारहरुको पनि हालत उस्तै थियो । तैपनि आफ्नो आँसुलाई थमाउँदै सुचित्राले भन्न थालिन्–‘हाँँस्दै अस्पताल आउनुभएको मेरी आमालाई डा. कमल कोइरालाहरुले मारे । म भन्दापनि स्वस्थ रहनुभएकी आमालाई अस्पतालमा ल्याएर मारियो । आमालाई अस्पतालमा स्वास्थ्य जाँत्नका लागि आउँन मन थिएन । बुवाले पनि यहाँ नआउन पटक पटक सुझाव दिनुभएको थियो । तर, डा. कोइरालाको विश्वाले नै उहाँ यहाँ आउनुभएको थियो ।’ मेरो पनि एक वर्षअघि कोइरालाले नै चेकजाँच गरेका थिए,कोइरालाप्रति यति विश्वास थियो कि–‘उनले नै आमालाई आफूले नै उनको स्वास्थ्यपचोर गर्ने सुझाव दिएका थिए । यही सल्लाहबमोजिम आमा उपचारका लागि अस्पताल भर्ना हुनुभएको हो ।’ अहिले उनी केही बोल्दैनन् निउरो मुन्टो लगाएर बसिरहन्छन् ।  उत्तर केही दिँदैनन् ।

‘यसअघि पटक पटक हस्पिटलले मेरो आमाजस्तालाई मारिसकेको छ । तर, सम्बन्धित निकायले कुनै चासो नदिदा अस्पतालको लापरबाहीका कारण बिरामीहरु मृत्युको सिकार हुने गरेको छ । त्यसैले अब यस्ता अस्पताल बन्द नगरी हुँदैन । भगवान् कोइरालाजस्ता चिकित्सकहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ डाँको छाँडेर रुँदै उनले भनिन्,‘ अब फेरि मेरो आमाजसरी अरू आमाहरुले अकालमा ज्यान गुमाउनु नपरोस् ।’

को हुन् नन्दकुमारी लामिछाने ?

चाबहिलको गणेशस्थानमा विगत दुई दशकअघि देखि तरकारी पसल राख्दै आएकी थिइन,उनी । गोरखा आरुघाटबाट ०५४ सालमा काठमाडौँ छिरेर तरकारी पसल राखेका थिए । उनको एक छोरा (प्रकाश) र दुई जना छोरी ( सुचित्रा र सरिता) छन् । छोरा प्रकाश र सुचित्राको बिहे भइसकेको छ भने कान्छी छोरी सरिता भर्खंरकी छिन् । गणेशस्थान तरकारी पसलबाटै डा. कमल कोइराला र नन्दकुमारीको चिनजान भएको छोरी सुचित्राको दाबी छ । ‘ तरकारी किन्ने क्रममा आमाको स्वास्थ्यबारे कोइरालालाई जानकारी भएको हो । त्यसपछि उहाँले आमालाई स्वास्थ्य जाँचका लागि ओममा आउन सुझाव दिएका थिए ।’ उनले रुँदै भनिन्‘तर आज मेरो आमालाई कोइरालाले मार्यो । कसरी मारिस् ? भन्दा निउरो मुन्टो लगाउँछ ।’ मृतक लामिछानेकी पति नन्दलाल लामिछाने चितवनबाट काठमाडौँ आइरहेको छोरा प्रकाशले बताए ।

बोली फरक
मृतक लामिछानेकी भतिजा पर्ने आर आर क्याम्पसका विद्यार्थी नेता आरसी लामिछाने पनि अहिले अस्पतालमा छन् । आफूले हिजो राति अबेर घटना सुनेको बताउँदै–‘डा.कोइरालाले बोली फेरेको फेरै गर्छन् । कोहीलाई एकथरि जवाफ दिन्छन् भने कोहीलाई फरक जवाफ दिने गरेका छन् । वास्तविक घटना कसरी घट्यो ? सल्यक्रियाका क्रममा को को चिकित्सकहरु थिए ? यसबारे उनले बोली फेरेको बताए । कुनै सत्य जानकारी नै पाएका छैनौँ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *