ओम अस्पतालको लापरवाहीले महिलाको मृत्यु

साउन १९, काठमाडाै । केही समय अघि ओम अस्पतालमा अप्रेशन गरेकी महिलाको मृत्यु भएको घट्ना सेलाउन नपाउदै पूर्ण एक जना महिलाको मृत्यु भएको छ । हिजो साझ अाेम हस्पितलमा पत्थरीको उपचार गर्न आएकी महिलाको मृत्यु भएको हो । अारूघाटकी स्थायी बासिन्दा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु भएको हो । उनी पत्थरीको उपचारका लागि हिजो साझ ६ बजे अस्पताल पुगेकी थिइन । भने, करिब साँझ ८ बजे अपरेशन सफल भएकाे जानकारी अस्पतालले जनाएको थियाे । तर , मध्य रातको १ बजे विरामीकाे मृत्यु भयो भन्ने विरामीका अाफन्तले जानकारी पाए ।

उपचारका क्रममा लामिछानेको मृत्यु भएपछि उनका आफन्त, गाउँले लगायत अहिले अस्पताल परिसरमा भेला भएका छन् । डाक्टर कमल काेइरालाको नेतृत्वको टोलीले लामिछानेको उपचार गरेका थिए । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दे अहिले अस्पताल बन्द गरिएकाे छ । साथै अस्पताल परिसरमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।यस सम्बन्धी विस्तृत खबर केही समय पछि हामी अपडेट गर्ने नै छाै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *