बडिगाड गाउँपालिकामा २० र २१ गते नागरिकता टोली आउने

बागलुङ, साउन १९ । बडिगाड गाउँपालिकामा यहि साउन २० र २१ गते नागरिकता टोली आउने भएको छ । गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाका अनुसार सदरमुकाम पुगी नागरिकता बनाउन वर्षाको समयमा असहज भएकोले गाउँपालिकामै दुई दिने शिविर राखिएको हो ।

मतदाता नामावली संकलन कार्यलाई समेत मध्येनजर गरेर नागरिकता वितरण गर्न लागिएको हो । नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका बडिगाड गाउँपालिका भित्रका नागरिकलाई ग्वालीचौरमा पुगी नागरिकता वनाउन गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य गाउँपालिका केन्द्र ग्वालीचौरमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *