जिल्ला अदालत रामेछापमा यस वर्ष कम उजुरी

२०७४ जेठ १५ गते

“
रामेछाप, साउन १९ । जिल्ला अदालत रामेछापमा गत आर्थिक बर्षमा लक्ष्यभन्दा कम उजुरी परेका छन् । यस आर्थिक बर्र्२०७३÷०७४ मा अदालतमा २ सय ६५ मुद्दा पर्ने अनुमान गरिएको १ सय ९२ वटा मुद्दा मात्र परेको जिल्ला अदालत रामेछाले जनाएको छ ।
जिल्ला न्यायधिश किरण प्रसाद शिवाकोटीका अनुसार सो आर्थिक बर्षमा जिम्मवारी सरेर आएका समेत सहित २ सय ६४ मुद्दा १ सय ८७ मुद्दा फछ्र्यौैँट भएका छन् । अब ७७ थान मुद्दा मात्र छिन्न बाँकी रहेका छन् भने अदालतमा एक बर्ष नाघेका कुनै पनि मुद्दा छैनन् ।
करिब ६ महिना भित्रका मुद्दा मात्र बाँकी रहेको सिवाकोटीले जानकारी दिनुभयो छ । अदालतबाट यसवर्ष ८२ लाख ९२ हजार ५ सय ५६ रुपैयाँ जरिवाना अशुल भएको छ । यसैगरी कैदतर्फ कुल २४ वर्ष ३ महिना १६ दिन सजाय असुल भएको जानकारी गराइयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित