शिक्षा नियमावली नल्याएर सरकारले बेइमानी गरेको आरोप

साउन १८, मकालु खबर । नेकपा एमालेका सांसद गंगालाल तुलाधरले शिक्षा ऐनको आठौ संशोधन विधेयकलाई कार्यान्वयन गर्नुको सट्टा सरकार नवौ संशोधनको तयारीमा लागेको भन्दै गम्भीर आपत्ति जनाउनु भयो । पूर्व शिक्षा मन्त्री समेत रहेका सांसद तुलाधरले १४ महिना अघि शिक्षा ऐनको आठौ संशोधन विधेयक व्यवस्थापिका संसदबाट बहुमतले पारित भएको स्मरण गर्दै अहिले सम्म शिक्षा नियमावली नल्याएर सरकारले बेइमानी गरेको आरोप लगाउनुभयो ।

व्यवस्थापिका संसद्को बुधवारको बैठकमा बोल्दै तुलाधरले शिक्षा ऐनको आठौ संशोधन पारित गर्दा तात्कालिन सरकारले १८ वर्ष देखि विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न आउँदो १ वर्ष भित्र अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन नगरी सरकार फेरी नवौ संशोधनको तयारीमा लागेको दाबी गर्नुभयो । उहाँले आगामी भाद्र ३ गते तोकिएको शिक्षा सेवा आयोगको परीक्षा सार्ने तयारीमा सरकार लागेको भन्दै सभामुखलाई सरकारलाई रुलिङ गर्न ध्यानाकर्षण गराउनुभयो ।

तत्कालीन शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलको सक्रियतामा शिक्षा क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्दै लामो समय देखि अस्थायी रूपमा कार्यरत शिक्षकलाई गोल्डेन ह्याण्डचेक वा स्थायीका लागि परीक्षामा सामेल हुने विकल्प दिई एक वर्ष भित्र सबै प्रक्रिया सम्पन्न गर्ने गरी शिक्षा ऐनमा आठौ संशोधन गरिएको थियो । तर, आठौ संशोधन विधेयक पास भई ऐनको रूपमा लागु भएको १४ महिना वितिसक्दा पनि नियमावली बन्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *