शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
२०८३ साउन ६ गते

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका प्रतिवादी शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो । अग्रवाल शंकर ग्रुपका अध्यक्षसमेत हुन् ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दीपक भट्टसहित प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा वारदात मितिदेखि नै अग्रवाल फरार रहेका थिए ।
सीआईबीले बुधबार पक्राउ गरेपछि उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको जनाएको छ ।
अग्रवाल काठमाडौं महानगरपालिका–४ का स्थायी बासिन्दा हुन् । उनीविरुद्धको मुद्दामा अदालतको प्रक्रिया अब अघि बढ्ने प्रहरीले जनाएको छ।
२०८३ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








