शंकर पोखरेलको टिप्पणी: ‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ’
२०८३ साउन ६ गते

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत कर खारेज गर्ने निर्णय गरेपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ‘प्रधानमन्त्रीको गाडीमा पनि ब्रेक लाग्दो रहेछ !!’ भन्दै जनताको आवाज सुनेर सरकार सचिनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘हो, यस्तै गरी जनताका विरोधका स्वर सुनेर सच्चिनुपर्छ । भड्किएपछि पछि फर्किनुपर्छ ।’
यसअघि प्रधानमन्त्री बालेन शाहले आफ्नो सरकार एक्सप्रेस–वेमा रहेकाले ब्रेक लगाउनु नपर्ने अभिव्यक्ति दिएका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत करको व्यापक आलोचना भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो ।
२०८३ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








