इरानमाथि १० दिनदेखि लगातार अमेरिकाको सैन्य आक्रमण

एजेन्सी । अमेरिकी सेनाले सोमबार इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानमाथि अमेरिकाले विगत १० दिनदेखि निरन्तर सैन्य कारबाही गर्दै आएको छ ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार मुख्य कमान्डरको निर्देशनमा सोमबार अपराह्न ४ बजेबाट नयाँ चरणको प्रहार सुरु गरिएको हो ।

हर्मुज जलडमरूमध्य मा व्यावसायिक जहाजहरूमाथि हुने आक्रमण रोक्न र इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको सेन्टकमले उल्लेख गरेको छ ।

यसअघि सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मारिएका अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेका थिए । सिएनएनकाअनुसार राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्वलाई थप तीव्र बनाउने विकल्पहरूबारे परामर्श गरिरहेका छन् ।

यसै सन्दर्भमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले मध्यपूर्वमा थप लडाकु विमान र आकाशमै इन्धन भर्ने ट्याङ्करहरू समेत तैनाथ गरेको छ । बढ्दो सैन्य तनावका बिच वासिङ्टन र तेहरानलाई पुनः वार्ताको वातावरणमा फर्काउन मध्यस्थकर्ताहरूले १० दिने युद्ध विरामको प्रस्ताव अघि सारेको सिएनएनले जनाएको छ ।

यद्यपि, यसबारे दुवै पक्षको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + one =