एम्बाप्पेले तोडे विश्वकप गोलको रेकर्ड, मेसीलाई रेकर्ड तोड्ने मौका

काठमाडौं । फिफा विश्वकप २०२६ मा गोलको नयाँ कीर्तिमान बनेको छ । शनिबार रातिको खेलपछि फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन् ।

एम्बाप्पेले कुल २२ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारेका हुन् । मेसी २१ गोलसहित दोस्रो स्थानमा रहेका छन् । फाइनल खेल बाँकी रहेकाले दुवै खेलाडीको कीर्तिमान अहिले चर्चाको केन्द्रमा छ ।

सन् १९३० देखि आयोजना हुँदै आएको फिफा विश्वकप विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च मानिन्छ । यस प्रतियोगितामा धेरै खेलाडीले गोलमार्फत इतिहास बनाएका छन् ।

लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान यसपटक मेसी र त्यसपछि एम्बाप्पेले तोडेका छन् ।

फ्रान्सका एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल थप्दै आफ्नो कुल गोल संख्या २२ पुर्‍याएका छन् ।

उनले सन् २०१८ को विश्वकपमा चार गोल, २०२२ मा आठ गोल र २०२६ मा १० गोल गरेका छन् । उनले २२ खेलमै यो उपलब्धि हासिल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ६ वटा विश्वकप खेल्दै ३३ खेलमा २१ गोल गरेका छन् ।

सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै मिरोस्लाभ क्लोजको कीर्तिमान पार गरेका थिए । तर एम्बाप्पेले उनलाई पछि पारेका छन् ।

अब फाइनल खेलमा मेसीसँग पुनः शीर्ष स्थानमा फर्किने अवसर रहेको छ । त्यसका लागि उनले दुई गोल गर्नुपर्नेछ ।

जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा छन् भने ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा रहेका छन् ।

इङ्ल्यान्डका ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त रूपमा पाँचौं स्थानमा छन् ।

फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा एकै प्रतियोगितामा १३ गोल गर्ने कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान अहिलेसम्म कायम रहेको छ ।

अब सबैको ध्यान फाइनल खेलमा केन्द्रित छ । मेसीले दुई वा त्यसभन्दा बढी गोल गर्न सके एम्बाप्पेलाई पछि पार्दै फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =