शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा. पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
२०८३ साउन २ गते

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारका पक्षमा उनले पु¥याएका योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ’, उनले भनेका छन् ।
संयोजक दाहालले शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
डा पाण्डेको शुक्रबार साँझ काठमाडौँको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो ।
२०८३ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








