प्रोटोन ‘ई.मास ५’ को टेस्ट ड्राइभ सम्पन्न, सोमबार औपचारिक लन्च

काठमाडौँ । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिने भएको छ ।

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

शुक्रवार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित ‘टेस्ट ड्राइभ’ सहितको पत्रकार भेटघाट कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले यसबारे जानकारी दिएका छन् ।

कम्पनीले आगामी सोमबार औपचारिक रूपमा ‘प्रोटोन ई.मास ५’ को लन्च गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक हुने आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी हुनेछ । यसले विद्युतीय सवारीमा नयाँ प्रविधि र फरक ड्राइभिङ अनुभव प्रदान गर्दै नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको विश्वास छ ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला प्रोटोनले प्रविधिमैत्री, उच्च कार्यसम्पादन र वातावरणमैत्री विशेषतालाई केन्द्रमा राखेर यो गाडी विकास गरेको जनाएको छ । कम्पनीका अनुसार ई.मास ५ ले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै दैनिक प्रयोगका लागि आवश्यक सुरक्षा, सहजता र आरामलाई पनि समान प्राथमिकता दिएको छ ।

कार्यक्रममा प्रोटोन गाडीको ब्रान्ड एम्ब्यासटर नायिका केकी अधिकारीको समेत उपस्थिती थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =