काठमाडौंमा भगवान् श्री जगन्नाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौं । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) नेपालको आयोजनामा बिहीबार राजधानीमा भगवान् श्रीजगन्नाथको रथयात्रा सम्पन्न भएको छ । असार शुक्ल द्वितीयाको पावन अवसरमा आयोजित उक्त रथयात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

प्रज्ञा भवन कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, भद्रकाली, र न्युरोड हुँदै खुल्लामञ्चमा पुगेर समापन हुँदै छ ।

रथयात्रामा भगवान् जगन्नाथ, बलभद्र र सुभद्राको विग्रहलाई विशेष रूपमा सुसज्जित गरिएको रथमा राखी नगर परिक्रमा गराइएको हो ।

हिन्दु धर्मावलम्बीका चार प्रमुख धाममध्ये एक मानिने भारतको ओडिशास्थित जगन्नाथ पुरीमा यसै दिन विश्वप्रसिद्ध रथयात्रा आयोजना गरिन्छ । वैष्णव परम्परा अनुसार द्वापरयुगमा श्रीकृष्णलाई वृन्दावन लगिएको स्मृतिका रूपमा यो उत्सव मनाउने गरिन्छ ।

नेपालमा सन् १९७७ देखि इस्कोनको अगुवाइमा नियमित रूपमा जगन्नाथ रथयात्रा आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =