उपसभामुख नेतृत्वको टोली चीनतर्फ
२०८३ असार ३१ गते

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची सहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागिता हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी साउन १ गतेसम्म हुने उक्त कार्यक्रममा उपसभामुखले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच उनको भेटवार्ता हुने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डल आगामी साउन ४ गते स्वदेश फर्कनेछ ।
२०८३ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








