इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाको टोलीमा परिवर्तनको संकेत

काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदै छन् । एटलान्टामा हुने यस खेलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सुरूआती ११ मा परिवर्तन गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिरहेको बताइएको छ ।

अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार कप्तान लियोनेल मेस्सीका ’बडीगार्ड’ भनेर चिनिने मिडफिल्डर रोड्रिगो डे पाउललाई सुरूआती टोलीबाट बाहिर राखेर बेन्चबाट उतार्ने सम्भावना रहेको छ ।

डे पाउल स्विट्जरल्यान्ड र इजिप्टविरुद्धका पछिल्ला दुई खेलमा बीचमै परिवर्तन गरिएपछि उनको स्थानबारे चर्चा चुलिएको हो ।

उनको स्थानमा निको गोन्जालेज वा जुलियानो सिमेओनेमध्ये एकले सुरूआती अवसर पाउन सक्ने बताइएको छ ।

विश्व फुटबलकै सबैभन्दा प्रतिस्पर्धात्मक खेलहरूमध्ये एक मानिने अर्जेन्टिना–इंग्ल्यान्ड भिडन्तको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =