नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, यात्रा नगर्न अनुरोध
२०८३ असार २९ गते

फाइल फाेटाे
काठमाडौं । लगातारको भारी वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।
प्रशासनले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ । लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।
यात्रुहरूलाई प्रशासनको सूचनाको पालना गर्न, यात्रा गर्दा झोलामा खानेपानी, सुक्खा खाना, प्राथमिक उपचारका औषधि, अतिरिक्त लुगा तथा मोबाइल चार्जरजस्ता अत्यावश्यक सामग्री साथमा राख्न पनि आग्रह गरिएको छ ।
२०८३ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








