मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्नेलाई कारबारही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो । बैठकमा बोल्दै समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने कार्यमा सरकारको संलग्ना नरहेको समेत दाबी गरिन् ।

साथै, निजी नम्बर प्लेट भएका सवारी रहेको र सबै सवारी साधनलाई ट्राफिक प्रहरीले हटाइसकेको जानकारी समितिलाई गराइन् । सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै उनले घट्नाको गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइन बर र भाटभटेनी सुपरमार्केट अगाडि कसैले गाडी गरेको खबर आएको छ । मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन । गाडीका नम्बर प्लेट हेर्दाखेरि प्राइभेट नम्बर प्लेटहरू देखिएको छ । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ । मलाई जहाँसम्म लाग्छ सरकारले यस्तो काम गर्दैन । यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ।’

सोमवार बिहानैदेखि अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ गरिएको भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =