बौद्ध महाङ्कालमा निःशुल्क आँखा शिविर, २५६ जनाले लिए सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्कालमा शनिवार आयोजित एक दिने निःशुल्क आँखा शिविरबाट २५६ जनाले सेवा लिएका छन्।

सक्रिय आमा समूहको आयोजनामा तथा भिजन कन्सर्न आई क्लिनिक एन्ड अप्टिकलको सहयोगमा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको शुभारम्भ स्थानीय ९५ वर्षीय ज्येष्ठ नागरिक दम्पती गजुरेलको आँखा परीक्षण गरेर गरिएको थियो। शिविरमा सहभागीहरूको आँखा परीक्षणका साथै आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।

आयोजक सक्रिय आमा समूहले समुदाय स्तरमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी संस्था तथा स्थानीय बासिन्दाप्रति समूहले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =