राधास्वामी होल्डिङ सेन्टरमा जेनजी अभियन्ता माथि कूटपिट, माजिद अन्सारी घाइते

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी लगायतमाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको छ ।

अभियान्ताहरु अन्सारीसहित मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको हो । प्रहरीको कूटपिट तथा धरपकडबाट माजिद अन्सारी घाइते भएका छन् ।

अन्सारीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइहरेको छ । होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू डुबानमा परेपछि जेनजी अभियान्ताहरु त्यहाँ पुगेका थिए । तर, होल्डिङ सेन्टरभित्र छिर्न खोज्दा प्रहरीले नदिएपछि अभियान्ताहरुले विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =