गणेश नेपालीको मृत्युपछि वीर अस्पताल क्षेत्र तनावग्रस्त

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्तसहितले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

बिहीबार राहदानी विभागअगाडि बाइकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो ।

भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रवार बिहान चिकित्सकले मृत घोषणा गरेको थियो ।

उनको मृत्युपछि आफन्तहरूले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =