संसदमा राष्ट्रिय सुरक्षा तथा इनटेलिजेन्स समिति गठन गर्न माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले संसदमा राष्ट्रिय सुरक्षा तथा इनटेलिजेन्स समिति गठन गर्न माग गरेकी छन् । राष्ट्रिय अनुसन्धान विभागलाई जबाफदेही बनाउन पनि संसदमा उक्त समिति गठन गर्न अति आवश्यक रहेको सांसद अधिकारीको तर्क थियो ।

बिहीवार प्रतिनिधि सभा बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णय स्वागतयोग्य रहेको पनि बताइन् । उनले उक्त विभागलाई मुलुकको भूराजनीतिक जटिलतालाई चिर्न सक्ने गरी परिष्कृत गर्न पनि आवश्यक रहेको बताइन् ।

सांसद अधिकारीले भनिन्, ‘नेपालको अहिलेको जटिल भूराजनीतिक अवस्था, प्रविधिको तीव्र विकास, साइबर सेक्युरिटी, एआई र अन्य हजारौँ आन्तरिक र बाह्य चुनौतीहरूलाई हेर्दाखेरी यो राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउन समयसापेक्ष र आजको आवश्यकता हो भन्ने मेरो ठम्याई छ । आजको युग भनेको सूचना र डेटाको युग हो ।  राष्ट्रिय अनुसन्धान विभागलाई परिष्कृति गर्दै लैजानु पर्दछ । संसद्को राष्ट्रिय सुरक्षा र इन्टेलिजेन्स समिति गठन गरी विभागलाई जबाफदेही बनाइयोस् ।’

सांसद अधिकारीले उक्त विभागको मोडालिटीको विषयमा पनि व्यापक बहस गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =