इरानमा अमेरिकाको नयाँ चरणको आक्रमण, तेहरानद्वारा कडा प्रतिवादको चेतावनी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले यससम्बन्धी आधिकारिक जानकारी गराएको हो ।

हर्मोज जलडमरूमध्य भएर यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरान लक्षित यी आक्रमणहरू गरेको सेन्ट्रल कमाण्डले जनाएको छ ।

यसैबीच, इरानको उच्च सैन्य कमाण्डले अमेरिकी कदमको निन्दा गर्दै यसको ‘कडा र निर्णायक जवाफ’ दिने चेतावनी दिएको छ । इरानी सैन्य नेतृत्वले हर्मोज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकी हस्तक्षेप सहन नसकिने र आफ्ना सशस्त्र बलहरूले त्यसको उचित प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =