चीनको हुबेईमा भीषण आँधीबेहरीः ११ जनाको मृत्यु, एक बेपत्ता

एजेन्सी । मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा सोमवार राति आएको भीषण आँधीबेहरी र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ । विपत्तिमा परी एकजना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

सोमवार राति ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङ लगायतका क्षेत्रमा मेघगर्जनसहित शक्तिशाली हावाहुरी चलेको थियो । केही क्षेत्रमा प्रतिघण्टा उच्च गतिको लेभल १३ सम्मको हावाहुरी र चक्रवात समेत आएको स्थानीय प्रशासनले जनाएको छ ।

यस प्राकृतिक प्रकोपमा परी ३३१ जना स्थानीय बासिन्दा घाइते भएका छन् । आँधीबेहरीका कारण २२ वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा घर तथा संरचनामा क्षति पुगेको छ ।

प्रान्तीय अधिकारीहरूकाअनुसार हाल प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको छ । सम्भावित अन्य जोखिमहरू न्युनिकरण गर्न र थप विपत्ति रोक्नका लागि आवश्यक सावधानी र राहतका प्रयासहरू जारी राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =