चीनको भित्री मङ्गोलियामा बाढीमा फसेका २ सयभन्दा बढी चौपायाको उद्धार

एजेन्सी । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा नदीको जलस्तर बढेपछि आएको बाढीमा फसेका २०० भन्दा बढी चौपायाको सुरक्षित उद्धार गरिएको छ ।

दमकलकर्मीहरूले स्थानीय गोठालाहरूको सहयोगमा झन्डै तीन घण्टाको अथक प्रयासपछि ती जनावरहरूलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएका हुन् ।

नदीमा अचानक आएको बाढीका कारण ती चौपायाहरू बीचमा फसेर जोखिममा परेका थिए । सुरक्षाकर्मी र स्थानीयको संयुक्त टोलीले कुशलतापूर्वक सबै जनावरहरूलाई सुरक्षित क्षेत्रमा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =