प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही

काठमाडाैं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायम रहेको बताएका छन् । महासंघले आईतवार ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

जस्तोसुकै परिस्थितिमा पनि नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्न विभिन्न मूल्य चुकाउनुपरेको बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिइसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु दुःखद् भएको बताए ।

राज्यको सूचना लुकाउने प्रवृत्ति र सही सूचनालाई गलत सावित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोशिस अहिले पनि भइरहेको जिकिर गरे ।

उनले भने, ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखिसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसकेको अवस्थामा पनि पत्रकारहरूले एउटा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु भनेको एउटा दुःखद् अवस्था हो । हामीले देखेका छौं, ठूलै भनिने ठूलो र शक्तिशाली भन्ने सञ्चार माध्यमले नै प्रमाणसहित एउटा मन्त्रीको बारेमा लेखेको समाचारलाई त्यस संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था यसअघि कहिल्यै नभएको अवस्था अहिले उत्पन्न भएको छ ।’

प्रमाणसहित मन्त्रीको बारेमा लेखेको समाचारलाई संस्थाका सञ्चालकले खण्डन गरेर माफी माग्नुपर्ने अवस्था यसअघि कहिल्यै नभएको पनि बताए । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =