भूमिहीनलाई लालपुर्जा वितरण र महत्त्वपूर्ण विधेयक पारित हुनु राष्ट्रका लागि खुसीको खबर: रमेश प्रसाईँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधानको दिशामा ऐतिहासिक कदम चालेको बताएका छन् ।

बिहीबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

सांसद प्रसाईँले निर्वाचनका समयमा जनतासँग गरिएको वाचा पूरा गर्ने क्रममा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ का २९ परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए ।

प्रसाईँले सहकारी ऐन संशोधन, सार्वजनिक खरिद ऐन र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन विधेयक संसदबाट पारित हुनुलाई ठुलो उपलब्धिका रूपमा चित्रण गरे ।

सहकारी पीडितको समस्या समाधान गर्न र नेपाललाई ‘एफएटीएफ’ को खैरो सूचीबाट जोगाउन यी कानुनहरूले मार्ग प्रशस्त गर्ने उनको दाबी छ । सहकारीका ऋणीहरूको सन्दर्भमा राज्यकोषबाट रकम खर्च नगरिएको भन्दै उनले यसबारे मन्त्रीले संसदमा स्पष्ट पारिसकेको स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =