स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

विभिन्न ऐनअन्तर्गत सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको संरचना र सेवा सुविधामा एकरूपता ल्याउन ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ अघि बढाइएको बताइन् ।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउन र नागरिकलाई स्तरीय विशेषज्ञ सेवा प्रदान गर्न प्रतिष्ठानहरूको व्यवस्थापन जरुरी रहेको उल्लेख गरिन् ।

मन्त्री मेहताकाअनुसार हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू आ–आफ्नै छुट्टाछुट्टै ऐनद्वारा सञ्चालित छन् । पदाधिकारीहरूको पदावधि, सेवा सुविधा र संरचनामा एकरूपता नहुँदा राज्यलाई थप आर्थिक भार पर्नुका साथै प्रशासनिक जटिलता समेत उत्पन्न भएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =