आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सूर्यज्योति लाइफ सम्मानित

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थान (आईक्यान) ले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन (नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट–एनबीपीए) २०२५ अन्तर्गत जीवन बिमा समूहमा ‘प्रशंसा पत्र (सर्टिफिकेट अफ मेरिट)’ प्राप्त गरेको छ।

काठमाडौँस्थित होटेल याक एन्ड यतिमा असार १६ गते आयोजित सीएफओ कन्क्लेभ २०२६ सँगै सम्पन्न पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीका तर्फबाट उक्त सम्मान ग्रहण गरेका हुन्।

कम्पनीका अनुसार यो सम्मानले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जबाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचना प्रवाहप्रति सूर्यज्योति लाइफले अपनाउँदै आएको प्रतिबद्धताको पुष्टि गरेको छ।

कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा वित्तीय अवस्था, संस्थागत रणनीति, दिगोपन तथा सुशासनका अभ्यासलाई प्रचलित मापदण्डअनुसार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गरिएको जनाइएको छ।

सम्मान प्राप्तिपछि कम्पनीले आफ्ना बीमित, शेयर धनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यास, नवीन जीवन बिमा सेवा र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =