श्रममन्त्री यादवसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट
२०८३ असार १७ गते

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा युएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिएका थिए । सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
२०८३ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








