डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहक सहभागिता अझ सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको बताइएको छ ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा निम्न छुट तथा सुविधाहरू प्राप्त गर्नेछन्:

  • Sauna, Steam तथा Jacuzzi सेवामा ५० प्रतिशत छुट
  • नयाँ जिम सदस्यतामा २० प्रतिशत छुट
  • चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट
  • Food & Beverage सेवामा १० प्रतिशत छुट

छुट कसरी प्राप्त गर्ने ?

  • myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने
  • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्ने
  • होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्ने
  • कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्ने

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्युका IT Head राजकुमार श्रेष्ठ र DishHome का Sr. Corporate Hospitality Account Officer देवराज श्रेष्ठ बीच समझदारी पत्र मा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =