नेपाल एसबिआई बैंकद्वारा ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी’स कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा MD’s Cup Futsal Tournament-2083 आयोजना गरेको छ ।

२०८३ असार २८ गते काठमाडौँ स्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले कर्मचारीहरू बीच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुका साथै, कार्यस्थल बाहिर पनि टीमवर्क र सकारात्मक ऊर्जा विकास गर्न यस्ता खेलकुद गतिविधिहरू उपयोगी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रतियोगितामा बैंकको व्यवस्थापन टोलीहरू र महिला टोलीहरुबीच प्रदर्शनी खेलहरू आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन समेत सक्रिय सहभागिता रहेको थियो, जसमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, बागमती प्रदेश प्रमुख, सुशील राज श्रेष्ठ र बैकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

देशभरिबाट १५० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त प्रतियोगितामा कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै संस्थाभित्र एकता र सहकार्यको भावनालाई थप सुदृढ बनाएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रम समापनका अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीहरूलाई पुरस्कार, प्रमाणपत्र वितरण गरेका थिए ।

समापन मन्तव्यका क्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले बैंकको कर्मचारी संलग्नता, सहकार्य र स्वस्थ संस्थागत संस्कृतिलाई अझ सुदृढ बनाउने कुरामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =