गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका थिए ।

बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उनको भनाइ थियो ।

“स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =