‘द चेक रिपब्लिक’ मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान

काठमाडौं । ‘द चेक रिपब्लिक’ आइतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ । यो लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो ।

चेक मौसम विज्ञान संस्थान ९सीएचएमआई०का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । संस्थानले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको जानकारीमा आधिकारिक मौसम केन्द्रको सञ्जालमा पहिलो पटक ४१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अभिलेख गरिएको जनाएको छ ।

तापक्रम अझै बढिरहेको जनाउँदै यसले रेकर्ड अझै माथि जान सक्ने उल्लेख गरेको छ । यसअघि शनिबार पनि डोक्सानीमा ४० दशमलव ९० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो, जसले १४ वर्षअघिको रेकर्ड तोडेको थियो । युरोपका अधिकांश मुलुक झैँ ‘द चेक रिपब्लिक’ पनि पछिल्ला दुई सातादेखि तीव्र गर्मीको लहरबाट प्रभावित छ ।

मौसमविद्हरूले आइतबार गर्मी चरम अवस्थामा पुग्ने तथा साँझतिर पश्चिमी ‘द चेक रिपब्लिक’ केही क्षेत्रमा शक्तिशाली हुरी तथा वर्षाको सम्भावना रहेको बताएका छन् । आइतबार दुई वटा मौसम केन्द्रमा दिउँसो करिब एक घण्टामै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो, जुन शनिबारको तुलनामा करिब दुई घण्टा अगाडि हो ।

सीएचएमआईले प्राग र आसपासका क्षेत्रमा अत्यधिक गर्मीका कारण जमिन सतहमा ओजोनको मात्रा बढेर धुवाँको जोखिम देखिएकाले चेतावनी जारी गरेको छ । संस्थानले विशेषगरी दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई अनावश्यक शारीरिक श्रम नगर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =