इरानका सैन्य लक्ष्यहरूमाथि अमेरिकाले फेरी गर्‍यो हवाई आक्रमण

एजेन्सी । संयुक्त राज्य अमेरिकाले शनिवार इरानका विभिन्न सैन्य इलाकाहरूलाई लक्षित गरी थप हवाई आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डले यस सैन्य कारबाहीको पुष्टि गरेको हो । सेन्ट्रल कमाण्डद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकी सैन्य विमानहरूले इरानी सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई रक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र र माइन बिछ्याउने क्षमता भएका स्थानहरूलाई निशाना बनाएका छन् ।

व्यावसायिक जहाजहरूमाथि इरानले निरन्तर जारी राखेको आक्रामक गतिविधिको प्रत्यक्ष जवाफ स्वरूप यी आक्रमणहरू गरिएको विज्ञप्तिमा उल्लेख छ । क्षेत्रमा व्यावसायिक जलयानहरूको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले यो कदम चालेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =