मतपत्रमा ‘ज्वाला’ नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी नेतृ ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ हटाइएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

उनको वास्तविक नाम टिका संग्रौला भए पनि पार्टीभित्र र बाहिर उनी ज्वाला नामले परिचित छन् ।

उनले उम्मेदवारी फारम भर्दा टिका संग्रौला (ज्वाला) उल्लेख गरेकी थिइन् । तर मतपत्रमा भने ‘ज्वाला’ नाम हटाएर केवल टिका संग्रौला मात्र राखिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

उनका अनुसार मतपत्रमा परिचित नाम नहुँदा धेरै प्रतिनिधिहरूले उनलाई चिनेर मतदान गर्न नसकेको गुनासो समेत आएको छ ।

‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ । यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरुले मलाई भोटै नहालि आउनुभएछ । पछि म आफैं भोट हाल्न जाँदा टिका संग्रौला मात्रै लेखिएको रहेछ । यो नामले मलाई धेरैले चिन्नुहुन्न । ममाथि सरासर षड्यन्त्र भयो,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =