इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

एजेन्सी । इरानको विदेश मन्त्रालयले अमेरिकाले इरानी कच्चा तेल, पेट्रोकेमिकल्स र पेट्रोलियम उत्पादनहरूको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदै जनरल लाइसेन्स जारी गरेको जानकारी दिएको छ ।

यससँगै इरानको विदेशमा रोक्का रहेको सम्पती अब बिना अवरोध प्रयोग गर्न पाइने भएको छ । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकाले जारी गरेको उक्त अनुमति सोमवारदेखि नै प्रभावकारी भएको बताए ।

उनले रोक्का सम्पती फुकुवा गर्ने सम्बन्धमा दुई पक्षबीच ठोस सहमति भइसकेको उल्लेख गरे । प्रवक्ता बाघेईले इरानको रक्षात्मक क्षमता र क्षेप्यास्त्र कार्यक्रमका विषयमा कुनैपनि पक्षसँग सम्झौता नहुने स्पष्ट पारे ।

यसका साथै इजरायली आक्रमणको निशानामा परेका भनिएका आफ्ना आणविक केन्द्रहरूको निरीक्षणका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायलाई अनुमति दिने इरानको कुनै योजना नरहेको पनि उनले प्रष्ट पारे ।

यी पछिल्ला घटनाक्रमहरू इरानी राष्ट्रपति मसूद पेजेस्कियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत बिहीवार भएको समझदारी पत्रमा हस्ताक्षर भएपछि विकास भएका हुन् ।

लेबनान लगायतका विभिन्न क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ दुई देशका राष्ट्रप्रमुखहरूले डिजिटल माध्यमबाट उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =