अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् । नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =