राजधानीका टोलटोलमा फिल्म महोत्सव

काठमाडौं । काठमाडौँमा यतिबेला ‘टोलटोलमा फिल्म’ महोत्सव सुरु भएको छ ।

असार ५ गतेदेखि सुरु भएको महोत्सव २६ गतेसम्म जारी रहनेछ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) अन्तर्गत उक्त महोत्सव सुरु गरेको हो ।

खुलामञ्च, असन, सुन्धारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगनटोल र कीर्तिपुर महाविहारमा महोत्सव सुरु भएको छ ।

महोत्सव चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र युनेस्कोको सहकार्यमा भएको हो ।

मानिसलाई एक सूत्रमा बुन्ने सुन्दर माध्यम कला र संस्कृति भएकाले महोत्सव गर्न लागेको महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठले बताइन् ।

उनले खुलामञ्चमा सुरु भएको महोत्सवले आम दर्शकलाई कलाप्रति आकर्षण गर्दै आएको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =