कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकपमा डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को खेलमा डीआर कंगोलाई कोलम्बियाले १-० ले पराजित गरेको हो ।

कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा ६ अंक प्राप्त गरेको छ ।

डीआर कंगोले भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो । पोर्चुगलको ४ अंक छ । पोर्चुगोलले उज्वेकिस्तानलाई ५-० गोलअन्तरले पराजति गरेको थियो भने कंगोसँग एक एकको बराबरी खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =