इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

एजेन्सी । इरानी राष्ट्रपति मसूद पेजेस्कियान मंगलवार औपचारिक भ्रमणका लागि पाकिस्तान आइपुगेका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी पत्र पश्चात विकसित कुटनीतिक प्रयासहरूका सन्दर्भमा छलफल गर्न उनी पाकिस्तान गएका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति पेजेस्कियान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

उक्त भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासक्रम र दुई देशबीचको सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन विचार विमर्श गर्ने बताइएको छ ।

छलफलपश्चात प्रधानमन्त्री सरिफ र राष्ट्रपति पेजेस्कियानले संयुक्त प्रेस ब्रिफिङमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

यस भ्रमणले पाकिस्तान र इरानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै क्षेत्रीय स्थिरता र आर्थिक सहकार्यलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =