उज्बेकिस्तानविरुद्ध पोर्चुगलको शानदार जित

काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार नयाँ कीर्तिमान कायम गरेका छन् ।

उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै उनले छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =